रुससँगको युद्धबारे वार्ता गर्न टर्की जाँदै जेलेन्स्की
himalpress.com · Sat Oct 31 03:16:10 UTC 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
‘इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथै विशेष गरी रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्नेछन्’, राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले एक्समा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)