भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी
aarthiknews.com

नयाँदिल्ली । भारतले गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको विश्व बैंकले जनाएको छ। सन् २०११ देखि २०२३ सम्मको १२ वर्षको अवधिमा भारतमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको तथ्यांकले देखाएको छ। उक्त अवधिमा भारतको चरम गरिबी दर २७.१ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झरेको छ।
विश्व बैंकका अनुसार भारतले विश्वमै सबैभन्दा तीव्र गतिमा गरिबी घटाएको छ। सन् २०११ मा चरम गरिबीको अवस्थामा रहेका ठूलो संख्याका मानिस सन् २०२३ सम्म आइपुग्दा त्यस अवस्थाबाट बाहिरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)