मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नबको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात: कोरला नाका र जोमसोम-कोरला सडक अवरुद्ध

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ। अर्नब चक्रवातको प्रभावका कारण उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा समग्र जनजीवन प्रभावित भएको छ। हिमपातका कारण चीनसँगको कोरला नाका ठप्प बनेको छ भने वर्षासँगै खसेको पहिराले जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङदेखि तल्लो क्षेत्रमा निरन्तर वर्षा जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)