मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

lokaantar.com

बुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा नयाँ प्रविधि र फरक अवधारणामा आधारित मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले बुटवलमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयवासीलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याएको हो । बुटवलका युवा व्यवसायी प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाले संयुक्त रूपमा यसमा लगानी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)