मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तरी हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित

gorkhapatraonline.com · Sat Oct 31 03:53:00 UTC 2026

उत्तरी हुम्लामा भारी हिमपात भइरहेको छ । शनिबार रातिदेखि सिमकोट र नाम्खा गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात हुन थालेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गत हिल्सा, यारी, नारा, न्यालु, लिमी, लाप्चा र चालालगायत उच्च क्षेत्रमा भारी हिमपात भइरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसो वर्षा भए पनि शनिबार रातिदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)