पुलको पर्खाइमा त्रिवेणीवासी
gorkhapatraonline.com · Sat Oct 31 04:34:33 UTC 2026

बाजुराको त्रिवेणी नगरपालिकाका स्थानीयवासी पुस्तौँदेखि मौरे बुढीगङ्गा खोलामा पक्की पुल निर्माण हुने आशामा छन् । पुल नहुँदा विशेषगरी वर्षायाममा यातायात सेवा अवरुद्ध हुने गरेको छ । जसकारण स्थानीयवासीले दैनिक उपभोग्य सामग्री महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।
बाजुराको बुढीगङ्गा र त्रिवेणी नगरपालिकाको बीचमा पर्ने मौरे बुढीगङ्गा खोलामा लामो समयदेखि पक्की पुल निर्माण हुन सकेको छैन । स्थानीयवासीले प्रदेश र सङ्घीय सरकारसँग पटकपटक पुल निर्माणको माग गर्दै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)