धरपकडविरुद्ध झरीमै पत्रकार सडकमा
kendrabindu.com · Sat Oct 31 04:52:07 UTC 2026

काठमाडौं । पत्रकार पक्राउ र सञ्चारगृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। महासंघको नेतृत्वमा पत्रकाहरू माइतीघर मण्डलामा झरीको पर्वाह नगरी भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)