झापामा र मकवानपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
kendrabindu.com · Sat Oct 31 04:56:33 UTC 2026

काठमाडौं । झापा र मकवानपुरमा भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । मकवानपुरको बकैया–५ तीनतले, फास्ट्याक नजिक हिजो साँझ मदन भण्डारी लोकमार्गमा डिजेल लोड भएको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट हात्तिसुडे गइरहेको ना६ख २९४९ नम्बरको डिजेल लोड ट्याङकर दुर्घटना भएको हो । दुर्घटनापछि च्यापिएर ट्याङ्कर चालक सिन्धुली, घ्याङ्लेख–२ का ४० वर्षीय रमेश कुमार रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । झापाको कमल गाउँपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)