सुस्ताका बाढीपीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध
gorkhapatraonline.com · Sat Oct 31 05:10:38 UTC 2026

चक्रवात ‘अर्णव’का कारण वर्षा, बाढी, डुबान तथा पहिरोको जोखिम बढेसँगै पश्चिम नवलपरासीमा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद् बाट जनधनको क्षति हुन नदिन जिल्लाका सबै सुरक्षा निकाय र सरोकारवालालाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक दीपकराज नेपालका अनुसार जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी बढाइएको छ । आपत्कालीन अवस्थामा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा उद्धार र राहत सामग्री वितरण गर्न आवश्यक जनशक्ति, सवारीसाधन, उपकरण र सामग्री तयारी अवस्थामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)