मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–जोमसोम र कोरला सडक अवरुद्ध

barnanmedia.com · Sat Oct 31 05:07:25 UTC 2026

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक शनिबार बिहानदेखि अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक खण्डका विभिन्न स्थानमा ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो ।

गएरातिदेखि लगातार वर्षा भइरहेकाले जनधनको क्षतिको उच्च जोखिमलाई मध्यनजर गरी मुस्ताङको सदरमुकाम जोमसोमदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको ७६ किलोमिटर सडकमा यात्रा नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)