मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारीमा डुबेको रकम प्रशासनको पहलमा फिर्ता

gorkhapatraonline.com · Sat Oct 31 05:32:58 UTC 2026

महोत्तरी, कात्तिक १४ गते । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका बस्ने एकल महिला इन्दुकुमारी देवीको सहकारीमा डुबेको रकम जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा फिर्ता भएको छ ।

लामो समयदेखिको तनावपछि रकम फिर्ता भएपछि खुसी व्यक्त गर्दै इन्दुकुमारी देवीले प्रशासनलाई धन्यवाद दिनुभएको छ । वैदेशिक रोजगारीमा रहेका उहाँको पतिको तीन वर्षअगाडि दुर्घटनामा निधन भएपछि प्राप्त भएको क्षतिपूर्तिबापतको १२ लाख रुपियाँ उहाँले बढी ब्याज पाउने लोभमा २०८० असार २४ गते औरहीमा रहेको सोनामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)