मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन सेबोनले गठन गर्‍यो सात सदस्यीय समिति

arthasansar.com · Sat Oct 31 05:33:25 UTC 2026

नेपालको पूँजी बजारलाई थप विविधीकरण र विस्तार गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरेको छ। बोर्डले पूँजी बजारमा शेयर कारोबारमा मात्र निर्भरता घटाउँदै विभिन्न प्रकारका वित्तीय उपकरणको कारोबार विस्तार गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गर्ने उद्देश्यले समिति गठन गरेको हो।

बोर्डका कायममुकायम कार्यकारी निर्देशक दीपा दहालको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकबाट निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)