कर्नालीलाई जिताए, पुरस्कार पनि बाँडे : सोमपालको शतप्रतिशत रकम सडकका जनावरलाई
barnanmedia.com · Sat Oct 31 05:32:42 UTC 2026
काठमाडौं । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ‘खेलका उत्कृष्ट खेलाडी’ बनेबापत पाएको सम्पूर्ण पुरस्कार रकम दान गर्ने घोषणा गरेका छन्। सडकका जनावरको हेरचाह र सुरक्षामा सक्रिय सिर्जना ठकुरीलाई रकम दिने उनले शुक्रबार बताएका हुन्।
बिहीबार विराटनगर किंग्सविरुद्ध सोमपालले चार विकेट लिनुका साथै अविजित ६२ रन बनाएका थिए। ५७ रनमा पाँच विकेट गुमाएको कर्णालीले उनको योगदानमा १८६ रनको लक्ष्य १९.५ ओभरमा पूरा गर्दै चार विकेटको जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)