मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यदि खेल पेनाल्टीसम्म लम्बिएको भए पक्कै पनि हामी नै जित्ने थियौँ”: विश्वकप फाइनलवारे एन्जो फर्नान्डेज

barnanmedia.com · Sat Oct 31 05:49:42 UTC 2026

अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनविरुद्धको विश्वकप फाइनल खेललाई लिएर बाहिर आएका विभिन्न षड्यन्त्रकारी सिद्धान्त र हल्लाहरूलाई पूर्ण रूपमा खारेज गरेका छन्। फाइनल खेलमा टोलीभित्र समस्या भएको भन्दै विभिन्न अड्कलबाजी चलिरहेका बेला फर्नान्डेजले ती सबै कुरा ‘मनगढन्ते र झूट’ भएको स्पष्ट पारेका हुन्।

मैदानबाहिरका विवादका कारण टोली पराजित भएको भन्ने चर्चाले तीव्रता पाएपछि एन्जोका आमाबुबाले समेत चिन्तित हुँदै उनलाई फोन गरेका थिए। उक्त प्रसंग स्मरण गर्दै फर्नान्डेजले भने, “मेरो बुबा र आमाले मलाई फोन गरेर फाइनलमा खास के भएको थियो भनेर सोधिरहनुभएको थियो। त्यहाँ केही पनि भएको थिएन। ती सबै झूट र मनगढन्ते कुरा हुन्। स्पेनले हामीलाई निष्पक्ष र राम्रो खेल खेलेर हराएको हो, त्यसैले हामीले विपक्षी टोलीलाई बधाई दिनुपर्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)