विदेशी लगानी प्रतिबद्धता १६ अर्बमाथि
annapurnapost.com · Sat Oct 31 05:51:09 UTC 2026

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १६ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउन भदौ र असोज महिनामा ४ सय २२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो।
क्षेत्रगत रूपमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता आएको छ। यस क्षेत्रमा १ सय ८ परियोजनामार्फत ६ अर्ब ८ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)