मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यप्रणालीलाई निरीह बनाएर शासक बलियो बन्ने खतरनाक प्रयत्न !

ratopati.com · Sat Oct 31 06:15:00 UTC 2026

काठमाडौँ । बिचौलिया दीपक भट्ट, पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा हुँदै वर्तमान प्रधान न्यायाधीश, मनोजकुमार शर्मा, न्यायाधीशहरू, हरि फुयाँल र श्रीकान्त पौडेलमात्र होइन, प्रहरी प्रमुख, सांसद विश्वराज पोखरेल र अर्का बिचौलिया इनम सापकोटासम्म जोडिएका घटनाले हाम्रो वर्तमान राज्य प्रणालीको चरित्र उदाङ्गो पारेको छ ।

त्यसो त प्रहरी, कर्मचारी र न्यायालय समेत बिचौलियाको इशारामा चल्ने गरेको उदाहरण दिने गरी इनम प्रकरणमात्र नभएर भुटानी शरणार्थी प्रकरणदेखि अन्य कैयौँ घटना र तथ्य उजागर भइसकेका छन् । हरेक राजनीतिक परिवर्तन या सरकार फेरबदल हुँदैपिच्छे राज्यका महत्त्वपूर्ण अङ्गहरूको पुनर्संरचना गर्ने चर्चा चल्छ, तर राज्य सञ्चालन प्रणालीको विकासभन्दा पनि शासक बलियो बन्ने रहरमा ती विषय पुनः ओझेलमा पर्दै जाँदा बिचौलियाहरूकै बोलवाला चल्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)