को हुन् डोल्पा कारागारबाट सुरुङ खनेर भागेका कैदीहरू ?
kendrabindu.com · Sat Oct 31 06:37:15 UTC 2026

डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ। फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना रहेका छन्।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। उनीहरू सबै जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)