बाइनान्स ह्याकपछि मस्कले ‘ट्रोल’ गर्दा चिढिए झाओ, विगत सम्झाउँदै भने : मजाक नगर्नुस्
nagariknews.nagariknetwork.com · Sat Oct 31 06:30:14 UTC 2026

छ अर्ब ३० करोड डलरभन्दा बढीको क्रिप्टोकरेन्सी चोरी भएपछि बाइनान्सका सह-संस्थापक चाङपेङ झाओले अर्बपति एलन मस्कलाई मजाक नउडाउन आग्रह गरेका छन्।
उनले मस्कलाई सन् २०२२ मा ट्विटर (हाल एक्स) खरिद गर्दा बाइनान्सले गरेको ५० करोड डलरको लगानीसमेत सम्झाउँदै यस्तो बताएका हुन्। शुक्रबार मस्कले बाइनान्समा भएको साइबर आक्रमणबारे विभिन्न पोस्टमा व्यंग्यात्मक टिप्पणी र इमोजी प्रयोग गरेपछि झाओले प्रतिक्रिया दिएका थिए। करिब २० मिनेटमै छ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति सारिएको यो घटनालाई अहिलेसम्मकै ठुलो क्रिप्टोकरेन्सी चोरी मानिएको छ। यस चोरीमा उत्तर कोरिया संलग्न भएको आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)