थाई राजतन्त्रलाई प्रश्न गर्ने वकिललाई ३४ वर्षभन्दा बढी जेल सजाय
ratopati.com · Sat Oct 31 07:38:17 UTC 2026

बैंकक । थाइल्यान्डको शक्तिशाली राजतन्त्रलाई सार्वजनिक बहस र जवाफदेहिताको दायरामा ल्याउन माग गर्दै ह्यारी पोर्टरको भेषमा प्रदर्शन गरेका मानव अधिकारवादी वकिल अर्नोन नाम्पालाई त्यहाँको अदालतले ३४ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।
४२ वर्षीय अर्नोनलाई शुक्रबार बैंककको अदालतले राजपरिवारको अपमानसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा थप दुई वर्ष आठ महिनाको जेल सजाय सुनाएको हो । यो उनीविरुद्ध दायर भएका १४ वटा मुद्दामध्ये एउटा हो । दुई मुद्दाको फैसला आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)