वर्षाले पाेखराकाे पर्यटकीय गतिविधि प्रभावित
ratopati.com · Sat Oct 31 07:35:29 UTC 2026

पाेखरा । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।
मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । “यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ”, उनले भने, “कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)