वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित
khabarhub.com · Sat Oct 31 08:09:59 UTC 2026
काठमाडौँ – लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाका कारण खेल सञ्चालन गर्न योग्य नभएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)