मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'प्रधानमन्त्री कार्यालयकै हस्तक्षेप'मा सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द

lokaantar.com

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रत्यक्ष हस्तक्षेपपछि आर्थिक प्रस्ताव खोल्नुभन्दा दुई दिनअघि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको छ । सिरहाको लहान क्षेत्रमा फिल्ड अनुगमनका लागि पुगेका जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई फिल्डबाटै तथा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई कार्यालयबाटै प्रहरीमार्फत पक्राउ गर्न लगाई प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको हो ।

गत बिहीबार दुवैजनालाई प्रहरीमार्फत पक्राउ गर्न लगाई उनीहरूलाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा व्यापक छलफलपछि आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गरेको हो । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको सुनकोशी मरिन डाइभर्सियन बहुउद्देश्यीय आयोजना, सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)