मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारमा सुरुङ खनेर भागे ८ कैदी

annapurnapost.com · Sat Oct 31 08:15:17 UTC 2026

वीरेन्द्रनगर : जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो ।

अहिले सिसी क्यामरा हेरिरहेको र थप विवरण घटनाको विस्तृत रुपमा अध्ययन गरेपछि आउने प्रजिअ हमालले जानकारी दिइन् । प्रजिअ हमालले भनिन्, ‘घटनाका सन्दर्भमा बिस्तृत रुपमा अध्यायन गरेपछि सबै विवरण आउला ।'

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)