मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाले एनपीएल प्रभावित : लुम्बिनी–चितवनको खेल रद्द, दुवै टोलीले अंक बाँडे

nepallive.com · Sat Oct 31 08:35:32 UTC 2026

कीर्तिपुर– लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित भएका छन् । वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल टससमेत नभई रद्द भएको छ ।

निर्धारित तालिकाअनुसार दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेल मैदानमा पानी जमेकै कारण सञ्चालन हुन नसकेको हो । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको मैदान जलमग्न बनेको थियो । मैदान र पिचलाई त्रिपालले ढाकिए पनि वरपरबाट आएको पानी व्यवस्थापन हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)