बारामा अस्पताल उद्घाटन विवाद : अस्पताल निर्माणको जस कसले लिने भन्ने राजनीतिक प्रतिस्पर्धाले निम्त्यायो दुर्घटना
swasthyakhabar.com · Sat Oct 31 08:36:16 UTC 2026

काठमाडौं - बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा सुरु भएको विवादले शनिबार हिंसात्मक रूप लिएपछि क्षेत्र तनावग्रस्त बनेको छ। अस्पतालमा आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि सुरु भएको विवादमा तोडफोड, आगजनी र गोली प्रहारसम्मको घटना भएको हो।
झडपका क्रममा गोली लागेर स्थानीय १८ वर्षीय आदित पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरेको छ भने कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)