मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

barnanmedia.com · Sat Oct 31 08:28:28 UTC 2026

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अङ्क बाँडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)