मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन प्रतिनिधिमा हारेका पुन देउवा समूहमा प्रवेश, नवलपरासी सह–संयोजकमा मनोनित

annapurnapost.com · Sat Oct 31 08:45:59 UTC 2026

परासी : नेपाली कांग्रेस संस्थापन पक्षको १५औं महाधिवेशनमा नवलपरासीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका गोपीप्रसाद पुन संस्थापनइतर पक्षमा गएर जिल्ला सह–संयोजकमा मनोनित भएका छन्।

समानान्तर महाधिवेशनको तयारीमा रहेको शेर बहादुर देउवा समूहका संयोजक डा. शशांक कोइरालाले सुनवलका पुनलाई जिल्ला सह–संयोजकमा मनोनयन गरेका हुन्। संस्थापन पक्षको सम्पन्न महाधिवेशनअन्तर्गत श्रमिक कलस्टरबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका गोपी पुन पराजित भएका थिए । उक्त पदमा दुई जनाको उम्मेदवारी परेकोमा सुविन्द्रकुमार योगी(सुब्बी)ले ४४९ मत पाएर विजयी हुँदा पुनले ४१४ मत पाएर ३५ मतान्तरले पराजित भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)