तिलिचो क्षेत्रमा २४ घण्टामा ४२ सेन्टिमिटर हिउँ थपियो
ratopati.com · Sat Oct 31 09:07:04 UTC 2026

मनाङ । मनाङस्थित तिलिचो हिम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा तिलिचो क्षेत्रमा हिउँको गहिराइ उल्लेख्य रूपमा बढेको छ । हिम विज्ञान तथा हिमताल शाखाको स्वचालित हिम मापन केन्द्रको तथ्याङ्कअनुसार कार्तिक १३ गते बिहान ०८ः ४५ देखि कार्तिक १४ गते बिहान ०८ः ४५ सम्मको अवधिमा औसत गहिराइ ०.९८७ मिटर रहेको छ।
यस अवधिमा सबैभन्दा बढी घण्टाको औसत गहिराइ शनिबार बिहान ०७ः ०० बजे १.३३ मिटर मापन भएको छ। २४ घण्टामा हिउँको गहिराइ करिब ४२ सेन्टिमिटरले बढेको छ। शनिबार बिहान ०४ ः ०० बजेपछि हिउँको गहिराइ तीव्र रूपमा बढेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)