कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
canadanepal.com · Sat Oct 31 09:09:33 UTC 2026

कर्णाली - कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात भइरहेको छ।
डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भएको छ। त्यस्तै, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकाका उच्च क्षेत्रमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)