मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द, दुवै टोलीले एक–एक अंक बाँडे

aarthiknews.com

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ। लगातारको वर्षाले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले जानकारी दिएका छन्।

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदान पूरै भिजेको छ। मैदानको अवस्था खेल सञ्चालन गर्न अनुकूल नभएपछि खेल रद्द गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक अंक बाँडेका छन्। दुवै टोलीले प्रतिस्पर्धा नगरी समान अंक प्राप्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)