पहिरो र लेदो पन्छाएपछि अवरुद्ध सडकहरू पुनः सञ्चालनमा
ratopati.com · Sat Oct 31 09:28:46 UTC 2026

काठमाडौँ । अविरल वर्षाका कारण अवरुद्ध भएका देशका विभिन्न सडक खण्डहरूमा पहिरो, हिलो तथा लेदो पन्छाएर यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको पूर्वाधार सुनिल लम्सालले जानकारी दिएका छन् । देशभर अवरुद्ध बनेका सडकहरू छिटो खुलाउन आवश्यक जनशक्ति तथा भारी उपकरणहरू परिचालन गरिएको छ ।
मन्त्री लम्सालका अनुसार सडक डिभिजन पाल्पाअन्तर्गत कालीगण्डकी करिडोरको पाल्पा, रामपुर नगरपालिका–१ खण्डमा आज बिहानदेखि नै यातायात सुचारु भएको छ । यस्तै, सोही करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा खसेको पहिरो पन्छाएपछि दिउँसोदेखि सवारी आवागमन पुनः सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)