कर्णालीका हिमाली जिल्लामा हिमपात
gorkhapatraonline.com · Sat Oct 31 09:35:59 UTC 2026

कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।
डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)