दुई सयभन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने
nepallive.com · Sat Oct 31 09:40:13 UTC 2026

काठमाडौं– संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँको खानपान, भेषभुषा, ट्राभल, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा लाइफस्टाइललगायत विधामा सक्रिय क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)