डोल्पा कारागारमा सुरुङ खनेर आठ कैदीबन्दी फरार
nepalpress.com · Sat Oct 31 09:47:39 UTC 2026

सुर्खेत । डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन् ।
जिल्ला सदरमुकाम दुनैस्थित कारागारबाट फरार भएका उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेर भागेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम देखिएपछि घटना सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)