मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : सगरमाथा क्लबको वर्चस्व

ratopati.com · Sat Oct 31 10:00:51 UTC 2026

बाँके । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।

दुई दिने प्रतियोगिताको शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएका छन् । जसमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ । नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले ४ स्वर्ण जितेको छ भने ललितपुरको रातो बंगला र म्यापिल क्यानेडियन स्कुल काठमाडौँले एक- एक स्वर्ण जितेर तेस्रो स्थानमा रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)