मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलेखानी जलाशय भरिएपछि भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द, बाढीको जोखिम बढ्यो

clickmandu.com · Sat Oct 31 10:07:43 UTC 2026

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह अधिकतम सीमाको नजिक पुगेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्ग भीमफेदी–देउराली–कुलेखानी सडकमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। लगातारको वर्षाका कारण जलाशयमा पानीको मात्रा बढ्दै गएको र कुनै पनि बेला बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)