मौसममा सुधार भएसँगै कीर्तिपुर मैदानबाट हटाउन थालियो त्रिपाल
hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026
काठमाडौँ। मौसममा सुधार भई घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट कभर (त्रिपाल) हटाउन थालिएको छ। बिहीबार रातिदेखि परेको निरन्तर झरीका कारण मैदानमा पारापिट तर्फबाट पानी छिरेपछि शनिबारका लागि तय भएका नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतका खेलहरू प्रभावित बनेका हुन्।
वर्षा र हिलाम्मे मैदानका कारण शनिबार मध्याह्न १२:३० बजेका लागि तय भएको चितवन राइनोज और लुम्बिनी लायन्सबीचको पहिलो खेल रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)