तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा
khabarhub.com · Sat Oct 31 10:22:27 UTC 2026

काठमाडौँ – लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र जलमग्न भएको छ । उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन् ।
डुबानका कारण स्थानीय बासिन्दा तथा व्यवसायी प्रभावित भएका छन् । वर्षाको पानी निकास हुन नसक्दा बस्तीका विभिन्न स्थानमा पानी जमेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)