मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारिता, आचारसंहिता र सत्ता : पत्रकार पक्राउको औचित्यमाथि प्रश्न

nepalpress.com · Sat Oct 31 10:24:27 UTC 2026

नेपालमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । नेपालको संविधानले स्वच्छ, स्वस्थ र स्वतन्त्र समाचार सङ्कलन, सम्प्रेषण, प्रकाशन र प्रसारणलगायत सञ्चारसम्बन्धी अनेक अधिकार सुरक्षित गरेको छ । संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । समाचार भने निष्पक्ष र पूर्वाग्रहरहित हुनुपर्ने छ । कसैको चरित्र हत्या गरी मानमर्दन गर्न नपाइने प्रावधान पनि सञ्चारसम्बन्धी विभिन्न ऐनकानुनमा उल्लेख गरिएको छ ।

पत्रकारले के गर्न हुन्छ ? के गर्न हुँदैन ? भनेर पत्रकारको आचारसंहिता पनि बनेकै छ, जुन सबै पत्रकारको हकमा लागू हुन्छ। सानाठूला जुनसुकै स्तरका सञ्चारकर्मी र सञ्चारमाध्यम सबैलाई प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहिताले बाँधेको हुन्छ। त्यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व पनि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)