मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घाम लागेपछि सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना

canadanepal.com · Sat Oct 31 10:39:31 UTC 2026

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल हुने सम्भावना बढेको छ। वर्षाका कारण प्रभावित खेलका लागि अहिले मैदानबाट कभर हटाउने काम सुरु गरिएको छ। केही समयअघि घाम लागेपछि खेल सञ्चालनका लागि अनुकूल वातावरण बनेको हो।

खेल तालिका अनुसार आज बेलुकी ५ बजे सुरु हुनेछ। यद्यपि, वर्षाका कारण खेल प्रभावित भएमा पनि यसलाई बेलुकी ७ बजेर ४१ मिनेटसम्म सुरु गर्न सकिने व्यवस्था छ। निर्धारित समयभित्र खेल सुरु हुन सकेमा दुवै टोलीबिच प्रतिस्पर्धा हुनेछ। मौसममा सुधार आएसँगै दर्शकले आजको खेल हेर्न पाउने सम्भावना बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)