नेपाल–मौरिससबीच श्रमिक पठाउन जीटुजी सम्झौताको तयारी
kendrabindu.com · Sat Oct 31 10:38:50 UTC 2026

काठमाडाैं । नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्तबाट वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले नेपाल र मौरिससबीच सरकार–सरकारप्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको छ । नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले जीटुजी प्रणालीको प्रक्रियाका लागि सहमत रहेको जानकारी दिएको छ ।
मौरिससको नयाँदिल्लीस्थित उच्च आयोगले सन् २०२६ अक्टोबर २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्दै समझदारीपत्रको संशोधित मस्यौदा उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)