मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयादशमीदेखि बेपत्ता सात वर्षीय बालकको शव धानखेतमा फेला

nepalpress.com · Sat Oct 31 10:37:34 UTC 2026

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा विजयादशमीको दिनदेखि बेपत्ता एक ७ वर्षीय बालकको शव फेला परेको छ । नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका छोरा साकेत झाको शव शनिबार गाउँबाट करिब २ किलोमिटर टाढा धानखेतमा फेला परेको हो ।

साकेत गत कार्तिक ४ गते विजयादशमीको दिन घरबाट निस्किएपछि बेपत्ता भएका थिए । त्यसयता परिवारजन र प्रहरीले उनको खोजी गरिरहेका थिए । प्रहरीले आसपासका गाउँ, पोखरी तथा झाडीहरूमा समेत खोजतलास गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)