मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको लागि स्मारिका सामग्री वितरण

ratopati.com · Sat Oct 31 10:51:26 UTC 2026

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई प्रभावकारी बनाउने र प्रतियोगिताप्रति अपनत्व तथा उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले स्मारिका सामग्री वितरण गरेको छ ।

परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूलाई वितरण गरेको हो। प्रतियोगिताको पहिचान र प्रचारलाई थप व्यापक बनाउँदै कर्णालीवासीमा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले स्मारिका सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)