मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडीमालिकामा हिमपातपछि फसेका एक पर्यटकको हेलिकप्टरद्वारा उद्धार, अर्का एकजना अझै बेपत्ता

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ। बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा भारी हिमपातपछि फसेका दुई जना पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।

चार हजार दुई मिटरको उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा शुक्रबारदेखि सुरु भएको भारी हिमपातका कारण कार्की त्रिवेणी पाटनस्थित धर्मशालामा ओत लागेर बसेका थिए। प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उद्धार गरिएका कार्कीलाई हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)