घमाइलो बन्दै कीर्तिपुर, दोस्रो खेल हुने सम्भावना बढ्यो
nepallive.com · Sat Oct 31 11:08:00 UTC 2026
कीर्तिपुर – लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेल हुने सम्भावना बढेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा अहिले घाम लाग्न थालेपछि मैदान सुकाउने काम भइरहेको छ ।
वर्षाका कारण मैदान जलमग्न हुँदा दिउँसो १२ः३० बजेका लागि निर्धारित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल टससमेत नभई रद्द भएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)