हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक बन्द
gorkhapatraonline.com · Sat Oct 31 11:17:46 UTC 2026

। कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)