मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

khabarhub.com · Sat Oct 31 11:40:13 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै सुरु हुन सकेको छैन । शनिबारको दोस्रो खेलमा पाँच बजेदेखि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तय छ ।

तर शुक्रबारदेखिको अविरल वर्षाका कारण मैदानमा पानी जमेकाले खेल सुरु हुन ढिला भएको हो । हाल कीर्तिपुरस्थित त्रिवि मैदानमा जमेको पानी व्यवस्थापन गर्ने कार्य जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)