मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषामा दस दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला

gorkhapatraonline.com · Sat Oct 31 11:34:19 UTC 2026

धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । विजयादशमीका दिन अर्थात् गत कात्तिक ४ गते घरबाट निस्किएपछि बेपत्ता भएका साकेतको शव शनिबार धान खेतमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकको शव घरदेखि करिब दुई किलोमिटर उत्तरतर्फ रहेको धान खेतमा फेला परेको हो । उहाँले बालकको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने बताउँदै शव परीक्षणपछि घटनाबारे थप तथ्य खुल्ने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)