पृथ्वी राजमार्गको सीमलधारामा पहिरो, सडक एकतर्फी अवरुद्ध
ratopati.com · Sat Oct 31 11:43:40 UTC 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत सीमलधारामा आज दिउँसो पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४, मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो ।
अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याउन तीन वटा मेसिन प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)