मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज जलमार्गमा २७ भारतीय क्रु सवार ट्यांकरमाथि आक्रमण

baahrakhari.com · Sat Oct 31 11:47:54 UTC 2026

काठमाडौं । होर्मुज जलमार्गमा २७ भारतीय क्रु सवार तेल ट्यांकरमाथि लिम्पेट माइनमार्फत आक्रमण गरिएको छ । बिहीबार एउटा सानो डुंगाबाट जहाजको बाहिरी भागमा दुई माइन जडान गरिएको थियो । विस्फोटपछि इन्जिन कोठामा आगलागी भएको थियो ।

भारतीय नौवहनमन्त्री सर्बानन्द सोनोवालले जहाजमा सवार सबै भारतीय नाविक सुरक्षित रहेका र कसैलाई चोटपटक नलागेको बताएका छन् । अक्टोबर २९ मा अर्को आक्रमणमा परेको ट्यांकरका दुई भारतीय क्रु पनि सुरक्षित रहेका उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)